कोरोनाबारे छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक

चैत ५, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने भएको हो ।   

मंगलबार प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठक बोलाएका हुन् । विश्वमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि त्यसबारे छलफल गर्न बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागि हुने भएका छन् । 

प्रधानमन्त्री समेत सहभागी हुने यो बैठकले कोरोना भाइरसको संक्रमणबाट जोगिन जनस्तरमा चेतनात्मक कार्यक्रम अघि बढाउँन कार्यकर्ता परिचालन गर्नेबारे छलफल गरी आवश्यक निर्णय गरिने बुझिएको छ । यसका साथै कोरोना भाइरसको संक्रमण भित्रन नदिन तथा भित्रिहाले के गर्ने भनेर सरकारले गरेको तयारीका बिषयमा समेत बैठकमा छलफल हुनेछ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =