प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउबाबीच भेट
२०७६ पुस ३ गते

पुष ३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटा पुगेका कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीलाई संवैधानिक परिषदसंबन्धि विवादास्पद विधेयक नल्याउन आग्रह गरेका छन् ।
सरकारले संवैधानिक परिषदसम्बन्धी कार्यविधिलाई परिवर्तन गर्न खोजेको भन्दै कांग्रेसले आपत्ति जनाएको थियो । प्रमुख एवं पदाधिकारी नियुक्ति एकलौटी ढंगले गर्न मिल्ने गरी गरिने परिवर्तन स्वीकार्य नहुने कांग्रेसले बताएको छ ।

२०७६ पुस ३ गते
प्रतिक्रिया
सम्बन्धित








