अजोड इन्स्योरेन्सको आधारभुत निर्जीवन बीमा अभिकर्ताको तालिम सम्पन्न

पुस २१, काठमाडाैँ ।  प्रदेश नं. २ र ३ लाई समेट्ने गरि अजोड इन्स्योरेन्स लिमिटेड हेटौंडा शाखाको आयोजनामा  पौष १७, १८ र १९ गते टि. सी. एन मार्ग, हेटौंडामा आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ । 

 तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका र बिमाका बिभिन्न portfolio को बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।   

त्यस्तै गरि अजोड इन्स्योरेन्स लिमिटेडका नायब प्रबन्धक यादव प्रसाद पाठकले आधारभुत निर्जीवन बीमाको साथै कृषि बीमाको वारेमा प्रकाश पारे ।   

 अजोड इन्स्योरेन्स लिमिटेडको आधाभुत निर्जीवन बीमा अभिकर्ताको तालिममा २३ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लि. का प्रदेश नं. ३ का प्रमुख बद्री नाथ शर्माले गरे । साथै सहजिकरणको कार्य हेटौंडा शाखाका कर्मचारी तथा केन्द्रिय कार्यालय मानवसंसाधन तथा प्रशासन विभागकी उषा बस्नेतले गरेकी थिइन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seventeen =