राप्रपाद्वारा राजसंस्था कायम गर्न संविधान संशोधन प्रस्ताव

फागुन १९, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिंङ्देनले संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गर्न संविधान संशोधनको प्रस्ताव गरेको छ ।
उनले कुनै व्यक्ति र स्वार्थ समूहका लागि संविधान संशोधनको बहस गर्नुभन्दा दलिय राजनीतिभन्दा माथि रहेको संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गर्न संशोधन गर्न प्रस्ताव गरेका हुन् ।
प्रतिनिधसभाको सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै लिङ्देनले निर्वाचन प्रणालीमा सुधार गरेर पत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक प्रणालीबाट संसदको गठन हुने व्यवस्था गर्न माग गरेका छन् । उनले भने, ‘संविधानको विशेष विशेषता र राष्ट्र पहिचानका रूपमा सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र दलीय राजनीतिभन्दा माथि रहेको संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गरौं।’
सत्ता पक्षले संविधान संशोधनको विषय उठाएर ठिकै गरेको बताउँदै उनले संघीयता खारेज गर्न प्रस्ताव पनि गरेका छन् ।








