यस्ताे बन्यो कार्तिक र साराको रोमान्सले भरिएको ‘लभ आजकल’ को ट्रेलर
२०७६ माघ ५ गते

माघ ५, काठमाडौँ । बलिउड सेफ अली खान र दीपिका पादुकोणको फिल्म ‘लभ आजकल’ को सिक्वलमा बनाईएको चलचित्र ‘लभ आजकल २’ को ट्रेलर सार्वजनिक गरिएको छ ।
‘लभ आजकल २’ मा नायक कार्तिक आर्यन र नायिका सारा अली खानको अभिनय रहेको छ । प्रेम र इमोसनल ड्रामामा निर्मित यस चलचित्रको ट्रेलर युट्युबमा सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा आर्यन र साराको प्रेम, रोमान्स र कमेडी देख्न सकिन्छ ।
इम्तियाज अलीले निर्देशन गरेको फिल्ममा कार्तिक र सारा संगै रणदीप होडा र आरुषी शर्माको पनि अभिनय छ ।

दिनेश भिजान र निर्देशक अलीको लगानी रहेको यस चलचित्रको प्रदर्शन मिति भने १४ फेब्रुवरी बताईएको छ ।
https://youtu.be/4QvqHwH_je8
२०७६ माघ ५ गते
प्रतिक्रिया
सम्बन्धित








