विवाह समारोहमा गईरहेको कार दुर्घटना हुँदा एकै परिवारका ५ जनाकाे मृत्यु
२०७६ मंसिर १ गते

मंसिर १, भारत । भारतको मध्यप्रदेश राज्यको बर्वानी जिल्लामा आइतबार भएको एक सडक दुर्घटनामा परी एकै परिवारका पाँच व्यक्तिको मृत्यु भएको छ । एक कार अर्को सवारी साधनसँग ठोक्किँदा भएको यस दुर्घटनामा अन्य एक व्यक्ति घाइते भएको जनाइएको छ ।
एक विवाह समारोहमा सहभागी हुनको लागि गईरहेको सो कार दुर्घटना हुदाँ एकै परिवारका पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । यस समाचारको विस्तृत विवरण प्राप्त भएको छैन् । रासस

२०७६ मंसिर १ गते
प्रतिक्रिया
सम्बन्धित








