बिहिबार राती अदालतको गाडीमा आगजनी, विप्लव शंकाको घेरामा

 

साउन १०, कावासोती । बिहिबार राति घरमा पार्किङ गरी राखेको अवस्थामा बा २ झ ३५०२ नंका जिल्ला अदालत नवलपुरको गाडीमा आजजानी भएको छ । 

अज्ञात समूहद्वारा कावासोती नगरपालिका–८ स्थित अर्जुनकुमार श्रेष्ठको घरमा पार्किङ गरी राखिएको अदालतको गाडी आगजनी भएको हो । 

null

आगजनी भएको उक्त अदालतको गाडी श्रेष्ठको घरमा डेरामा बस्दै आएका जिल्ला अदालत नवलपुरका स्रेस्तेदार सारदादत्त बडुले प्रयोग गर्दै आइरहेका थिए 

हालसम्म आगजानीको जिम्मा कसैले नलिएको र घटनाबारे अनुसन्धान भईरहेता पनि प्रहरीले विप्लव कार्यकर्ताले गाडीमा आगजनी गरेको हुनसक्ने आशङ्का गरेका छन् । 

आगजनीबाट गाडीको इञ्जिन, अगाडिको बायाँतर्फको टायर जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 1 =