३ वर्षीय बालकको जलेर मृत्यु

बागलुङ, ७ वैशाख । जिल्लाको पश्चिम निसीखोलामा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । शनिबार निसीखोला गाउँपालिका २ छरछरेमा स्थानीय बिमल सुनारको गोठमा आगलागी हुँदा उनका ३ वर्षीया छोरा विशाल सुनारको जलेर मृत्यु भएको हो । 

गोठमा बालबालिका मात्रै रहेको अवस्थामा अचानक आगलागी भएको थियो । गोठ जलेर नष्ट हुँदा मानवीय क्षतिसहित तीन लाख बराबरको क्षति भएको छ । आगोलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । घटना पश्चात इलाका प्रहरी कार्यालय झिवाखोलाको प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + five =