कृषि अध्ययनका लागि निरुदेवी पालसँगै नेकपा सांसदको टोली अस्ट्रेलियामा

माघ २४, काठमाठौं । नेपालको कृषि क्षेत्रको विकास र विस्तारमा के गर्न सकिन्छ भन्ने अध्ययन गर्न नेकपाका केहि सांसद अस्ट्रेलिया पुगेका छन् ।   

संसदीय समितिको महिला बालबालिका तथा जेष्ठनागरिक समितिकी सभापति निरुदेवी पालसँगै पूर्वउद्योगमन्त्री महेश बस्नेत र नेकपाका युवा नेता किरण पौडेल अस्ट्रेलियाको सिड्नी पुगेका हुन् ।   

उनीहरु कृषिसम्बन्धी कार्यक्रममा सहभागी हुन बिहीबार राती सिड्नी पुगेका छन् । कार्यक्रममा सहभागी हुन पुगेकी सांसद निरुदवी पालले अस्ट्रेलियाको एडिलेटमा आयोजना हुने कृषिसम्बन्धी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको जानकारी दिइन् ।   

‘युवाहरुलाई नेपालको कृषि पेशामा कसरी लगाउन सकिन्छ र उनीहरुलाई अहिलेको प्रविधिसँग कसरी जोड्न सकिन्छ भन्ने यो कार्यक्रमले हामीलाई अवसर दिने अपेक्षा गरिएको छ ।’ सांसद निरुदेवी पालले भनिन् ।   

नेपाली टोलीले नौ दिन अस्ट्रेलियाका विभिन्न शहरको भ्रमण गर्ने र अस्ट्रेलियामा रहेका नेपाली समाजसँग पनि सात्क्षात्कार गर्ने कार्यक्रम छ ।   

कार्यक्रममा उच्चशिक्षा अध्ययन गर्न अष्ट्रेलिया आएका नेपाली विद्यार्थीहरूको सिप र शिक्षालाई कसरी नेपालमा लैजान सकिन्छ भन्ने सम्बन्धमा छलफल हुने अर्का सांसद महेश बस्नेतले बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nine =