बिराज र निकिताको यस्तो बन्यो ‘साङ्लो’को ट्रेलर

पुष १८, काठमाडौँ । नायक विराज भट्टको अभिनय तथा निर्देशनमा तयार एक्सनप्रधान चलचित्र  ‘साङ्लो’को ट्रेलर सार्वजनिक गरिएको छ । 

शुक्रबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी  ‘साङ्लो’को ट्रेलर  सार्वजनिक गरिएको हो ।   

किड्नी तस्करीको कथा समेटिएर बनाईएको यस चलचित्रमा निर्देशक तथा नायक भट्टसँगै  निकिता चण्डक, जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त लगायतका कलाकारको अभिनय रहेको छ ।   

Image result for ‘साङ्लो’को ट्रेलर

पूर्व मिस नेपाल चण्डकको डेब्यु चलचित्र रहेको यस चलचित्रको प्रदर्शन मिति भने माघ २४ गते तय भएको छ ।   

लामो समयपछि नेपाली फिल्ममा कमब्याक गरेका विराजलाई चलचित्रको ट्रेलरमा  एक्सनरुपी अवतारमा देखाईएको छ ।  विराज भटट् फिल्म प्रोडक्सन प्रालीको ब्यानरमा निर्माण भएको यस चलचित्रमा  तेज बहादु खड्काको पनि लगानी रहेको छ। 

शिवम् अधिकारीले लेखेको यस चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत रहेको छ ।   

https://youtu.be/Que5Kwxh_W0 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + nine =