ललिता निवास जग्गा प्रकरणमा सञ्चारमन्त्रीले भने, ‘अदालतको फैसला नै अन्तिम फैसला’

माघ २३, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यो घटना आजको नभएको भन्दै सरकारले सूचना थाहा पाएपछि कारबाही प्रक्रिया थालेको बताएका छन् । उनले प्रक्रियागत ढङ्गबाट सरकारले काम गरेको भन्दै कसैलाई लाल फित्ता र कसैलाई श्वेत फित्ता नभै कानुनको कुरा भएको बताए । 

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले भने, ‘हामीले अन्त पनि तेसो गरेका छौं, त्रिशुली ए वा बी कतैको एक सय १० रोपनी जग्गाको कुरापनि अनाधिकृत ढङ्गले गुठी खडा गरिएको थियो । कोरियन कम्पनिले त्यहाँ हाइड्रो सम्बन्धि काम गर्न जँँदा क्षतिपूर्ति (मुआब्जा) माग्न थालेपछि सरकारले थाहा पायो । नाप जाँच गरियो नक्कली रहेछ । ०७४ पुष ९ गतेको रहेछ । त्यो कहिले थियो ? कसको सरकार थियो ? त्यो पनि खारेज गरियो ।’   

धेरै जग्गा प्रकरणको कुरा गर्दै मन्त्री बाँस्कोटाले सरकारले कसैलाई भेदभाव नगरेको बताए। 

उनले कसैप्रति आग्रह वा पूर्वाग्रहका आधारमा मुद्दा दायर नभएको प्रष्ट्याउँदै विजय गच्छदारमाथिको कारबाही पूर्वाग्रही नभएको जिकिर गरे । उनले प्रक्रिया सुरु भएको र अदालतले जे फैसला गर्छ त्यो नै अन्तिम फैसला भएकोजानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =