मिर्गौला प्रत्यारोपणको तयारी पूरा, प्रधानमन्त्रीको स्वास्थ्य स्थिति राम्रो : चिकित्सक

फागुन २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गर्न सबै तयारी पूरा भएको छ । उनको मंगलबार ‘डायलसिस’ गरिएको छ भने प्रत्यारोपणपछि शरीरलाई अन्य व्यक्तिको मिर्गौला स्वीकार गर्न सहज बनाउन ‘इम्युनो सप्रेसेन्ट’ औषधि चलाइएको छ ।   

शल्यक्रिया अघि आवश्यक सबै परीक्षण गरिएको छ । यसअघि मुटुलगायतका परीक्षण भइसकेका उनको फोक्सोको स्थितिसमेत राम्रो देखिएको चिकित्सकले बताएका छन् । त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेकोले बिहान ९ बजे शल्यक्रिया सुरु हुनेछ ।   

ओलीको मिर्गौला प्रत्यारोपण गर्ने शल्यक्रिया टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रा.डा. उत्तम शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल र डा. मनीष प्रधानसँगै भारतीय डा. अनन्त कुमारसमेत हुनेछन् । 

प्रधानमन्त्री ओलीको १३ वर्ष अघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने डाक्टरलाई पनि बोलाइएको छ । तर उनीहरुले सहयोग मात्रै गर्ने र प्रत्यारोपणको काम नेपाली डाक्टरहरुले नै गर्ने अस्पातलले जनाएको छ । प्रधानमन्त्रीलाई भान्जी नाता पार्ने समीक्षा संग्रौलाले मिर्गौला दिन लागेका हुन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + thirteen =