चितवनमा गैंडाको आक्रमणमा एक जना गम्भिर घाइते
२०७६ मंसिर १० गते

मंसिर १०, चितवन । गैंडाको आक्रमणमा परी चितवनमा एक जना गम्भिर घाइते भएका छन् । आज विहान करिब ६ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २८ अन्जौली भन्ने स्थानमा आफ्नै घरको आँगनमा कुँडो पकाइरहेको अबस्थामा ५५ बर्षिय चन्द्र मणी सापकोटालाई एक्कासी गैंडाले आक्रमण गरी गम्भिर घाईते बनाएको हो ।
सापकोटाको नारायणी सामुदायिक अस्पताल भरतपुरमा उपचार भई जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना भएको स्थानमा जिप्रकाले प्रहरी नायव निरीक्षकको कमाण्डमा ४ जनाको टोली खटाएको जनाएको छ ।
२०७६ मंसिर १० गते
प्रतिक्रिया
सम्बन्धित








