भिआईपी प्रोटेक्सनका लागि अमेरिका गएर नफर्किएका सई पक्राउ
२०७६ पुस ५ गते

पुस ०५, काठमाडौं । भिआईपी प्रोटेक्सन तालिमका लागि अमेरिका गएर नेपाल नफर्किएका एक प्रहरी अधिकृत पक्राउ परेका छन् ।
तालिमका लागि अमेरिका गएका बेला उतै लुकेका शसस्त्र प्रहरीका नायव निरीक्षक (सई) उमेश सिलवाल पक्राउ परेका हुन् ।
सशस्त्र प्रहरी बलको टोलीले लतिलपुरबाट पक्राउ गरेको हो । उनी २० चैत २०६७ देखि उनी संगठनलाई जानकारी नदिई भागेका थिए ।
null
भिआईपी प्रोटेक्सन तालिमका लागि अमेरिका गएका बेला उनी उतै लुकेको पत्ता लागेपछि सशस्त्र प्रहरी विशेष अदालतले गत वर्ष भदौमा भगौडा मुद्दामा दोषी ठहर गरी तीन वर्ष कैद सजाय सुनाएको थियो ।
सोही फैसला कार्यान्वायनको क्रममा उनलाई पक्राउ गरी महान्यायधिवक्ता कार्यालयमार्फत कारागार चलान गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआईजी सुरज श्रेष्ठले जानकारी दिए ।
२०७६ पुस ५ गते
प्रतिक्रिया
सम्बन्धित








