घरबाटै सरकार चलाइरहेको छु, तपाईंहरु पनि घरमै बस्नुस्ः प्रधानमन्त्री

चैत्र १२, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को महामारीबाट जोगिन घरभित्रै बस्न सबैलाई अपील गरेका छन्। आज ट्वीटरमार्फत् प्रधानमन्त्री ओलीले यस्तो अपील गरेका हुन्।   

‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु,’ प्रधानमन्त्रीले भनेका छन्, ‘तपाईंहरु पनि घरमै बस्नुस्।’ 

सरकारले कोभिड-१९ को महामारीबाट जोगिन हिंजो, ११ चैतदेखि लागू हुनेगरी देशैभर बन्दाबन्दी (लकडाउन) लागू गरेको छ। यो अवधिमा सरकारले घरबाट बाहिर निस्कन नपाउने आदेश जारी गरेको छ। त्यसैलाई जोड दिएर प्रधानमन्त्रीले यस्तो अपील गरेका हुन्।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + thirteen =