कोरियन भाषा परीक्षाका लागि ९२ हजार बढिको आवेदन

काठमाडौँ, १८ चैत्र । कोरियन भाषा परीक्षाका लागि अहिलेसम्मकै धेरै आवेदन परेको छ । आइतबार राति १२ बजेसम्म आवेदन दिने समय रहेकोमा ९२ हजार ३ सय ७६ जनाले आवेदन दिएका छन् । यसमध्ये औधोगिक क्षेत्रमा ६३ हजार ४ सय ८७ जना र कृषि तथा पशुुपालन तर्फ २८ हजार ८ सय ८९ जनाले आवेदन दिएका हुन् । 

कोरियाले औधोगिक तर्फ ७ हजार ५० र कृषितर्फ ३ हजार श्रमिकको कोटा निर्धारण गरेर पठाएको छ । भाषा परीक्षामा आवेदन दिनेको संख्या गत वर्षभन्दा झण्डै १० हजार बढि हो । गत वर्ष ८२ हजार २ सय ३५ जनाले आवेदन दिएका थिए । तर परीक्षामा भने ७४ हजार ८ सय ६२ जनो मात्रै सहभागी भएका थिए । 

 

null

यसवर्षका लागि कोरियाले १० हजार ५० जनाको कोटा तोकेर पठाएको छ । परीक्षा २०७६ जेठ २५ र २६ गते सञ्चालन हुनेछ । दुवै दिन दुई सिफ्टमा सञ्चालन हुनेछ । पोखरा र काठमाडौँमा परीक्षा सञ्चालन हुनजे भए पनि परीक्षास्थल र परीक्षाको समय जेठ १९ गते तय गरिने ईपीएस शाखाले जनाएको छ । 

भाषा परीक्षाको नतिजा २०७६ असार १३ गते प्रकाशित हुनेछ । परीक्षार्थीले आफूले प्राप्त गरेको प्राप्ताङ्कको जानकारी ईपीएसको वेवसाइडबाट हेर्न सक्नेछन् । तर कोरियामा कामदारको माग अनुसार उत्तीर्ण संख्या थपघट हुनसक्ने ईपीएस शाखाले जनाएको छ । भाषा परीक्षामा उत्तिर्ण परीक्षार्थीले दोश्रो चरणमा स्किल टेस्ट र कम्पेटेन्सी टेस्टमा सहभागी हुनुपर्ने छ । 

त्यसमा सफल भएमात्रै रोजगार आवेदन फारम भर्न पाउने छन् । भाषा परीक्षाको नतिजा सार्वजनिक भएपछि मात्रै यसमा सहभागी हुनेहरुको विपवरण प्रकाशित हुनेछ । भाषा परीक्षामा उत्तिर्ण भए पनि स्वास्थ्य परीक्षणमा असफल र प्रहरी रिपोर्ट प्रतिकुल हुनेले रोजगार आवेदन फारम भर्न पाउने छैनन् । 

नेपाली श्रमिक सन् २००८ देखि ईपीएस मार्फत कोरिया जान थालेका हुन् । पहिलो वर्ष सन् २००८ मा ३१ हजार ५ सय २५ जनाले भाषा परीक्षा दिएका थिए। हालसम्म ईपीएस मार्फत कोरिया जाने नेपालीको संख्या ५९ हजार ६सय ९८ जना पुगेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 4 =