तेस्रो विवाह गर्दै कांग्रेस नेता कार्की

 

असार २३, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले स्वयम्बर गरेका छन् । 

पूर्वमन्त्री तथा सांसद कार्कीले आइतबार साँझ काठमाडौंको थापाथलीस्थित पार्टी प्यालेसमा तेस्रो बिवाहका लागि स्वयम्बर गरेका हुन् । 

null

६२ वर्षको उमेरमा वैवाहिक बन्धनमा बाँधिन लागेका कार्कीले उत्सव शम्शेर राणाकी नातिनीसँग विवाह गर्न लागेका हुन् । दुलहीको नाम र विवाहको मिति भने खुलाइएको छैन । 

कार्कीका पहिलो श्रीमतीबाट एक छोरी छिन्। यसअघि कार्कीका दुवै पत्नीको निधन भइसकेको छ । 

कार्कीकी दोस्री पत्नी आँबु राणा कार्कीको २०७३ जेठ १७ गते निधन भएको थियो । आरआर क्याम्पसकी उपप्रयाध्यापक समेत रहेकी उनको निधनको तीन वर्षपछि कार्कीले अर्को बिहे गर्न लागेका हुन्। 

गृहजिल्ला भोजपुरबाट तीन पटकसम्म चुनाव लडेका कार्की तीनै पटक पराजित भएका थिए । हाल उनी सुनसरीबाट चुनाव लडेर प्रतिनिधि सभामा सदस्य छन्। 

पूर्व अर्थ र जलस्रोत मन्त्री समेत रहेका भोजपुरको देउरालीका कार्की हाल काठमाडौंको हात्तीगौंडामा बस्दै आएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eleven =