सिन्धुलीमा कार दुर्घटना: एकै परिवारका दुई जनाको मृत्यु

सिन्धुली, १० असार । सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमारे फाँटमा एक निजी कार दुर्घटना हुँदा एकै परिवारका दुईजनाको मृत्यु भएको छ । बा १ च नम्बरको कार दुर्घटना हुँदा काठमाडौं महानगरपालिका–२१ नयाँ बानेश्वरकी ४६ वर्षीया हेमा लामिछाने र सोही ठाँउका ५७ वर्षीय अच्युत लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ । 

 

यसै दुर्घटनमा परी काठमाडौं–२१ कै २२ वर्षीया आस्था लामिछाने घाइते भएकी छिन । उनलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा कार चलाउने ५८ वर्षीय दिपक लामिछाने सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार खोटाङको हलेसी महादेवको दर्शन गरी काठमाडौं फर्कने क्रममा कार दुर्घटनामा परेको हो । 

null

कार विपि राजमार्गमा सोमबार राति करिब १२ बजे तिरदुर्घटनामा परेको प्रहरीले जनाएको छ । कार सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीको भनाई छ । मृतक दुवै जनाको घटना स्थलमै मृत्यु भएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − fourteen =