अध्यक्ष प्रचण्डले जिल्ला इन्चार्जहरुको गुनासो सुन्दैँ,प्रतिक्रिया दिन बाँकी

काठमाडौँ, साउन २ । स्थानीय तह पहिलो र दोस्रो चरणको चुनावमा हार व्यहोरेपछि सत्तारुढ दल माओवादी केन्द्र दैनिक जसो छलफलमै जुटिरहेको छ । यता, पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सबै कार्यकर्तालाई आगामी हुने असोज २ गतेको तेस्रो चरणको चुनावमा दह्रोसँग अघि बढ्न सुझाव दिँदै आएका छन् । यसै विषयमा रहेर आज सोमबार केन्द्रीय कार्यलय पेरिसडाँडामा स्थानीय चुनाव समीक्षा बैंठक डाकिएको हो ।

केही समयअघिदेखि स्थानीय तह चुनावको समीक्षा गर्दै भावी दिनमा कसरी अघि बढ्ने भन्ने रणनीति तयार पार्ने सन्दर्भमा व्यापक छलफल हुन लागिरहेको माओवादी केन्द्रका एक जना केन्द्रीय नेताल बताए । बैंठकमा जिल्ला इञ्चार्जहरुको पनि उल्लेख्य उपस्थिति रहेको छ । बैठकमा निर्वाचनको समीक्षासँगै प्रदेश र केन्द्रको निर्वाचन तथा सङ्गठनको रणनीति तय गर्ने भएको छ ।

बैंठकको सुरुवाती क्रममै जिल्ला इन्चार्जहरुको गुनासो सुन्ने कार्यक्रम रहेको छ । त्यससँगै कार्यक्रमको निचोड अध्यक्ष प्रचण्डले निकाल्ने बताइएको छ । कार्यक्रममा अध्यक्ष प्रचण्ड, नेता नारायकाजी श्रेष्ठ, रामबहादुर थापा बादल लगायत अन्य नेताहरूको उपस्थिति रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *