फोहोर व्यवस्थापनमा बाधा पुर्‍याउनेमाथि कारबाही गरिन्छः मेयर शाक्य

पुस ३, काठमाडौं । काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा बाधा पुर्याउनेमाथि कारवाही गर्ने भएको छ ।   

महानगरका मेयर विद्यासुन्दर शाक्य फोहोर व्यवस्थापनमा बाधा पुर्याउने व्यक्ति, समुदाय तथा संस्थालाई कारवाही गरिने जानकारी दिएका हुन् ।   

‘फोहोर व्यवस्थापनमा जनशक्तिको अभाव छ, तर नपुग्दो पनि छैन । संस्थागत निर्णय कार्यान्वयनमा समस्या सिर्जना गर्ने व्यक्ति वा समूहबारे मलाई जानकारी दिनुस्’, बुधबार विभागले गरिरहेका कामकारवाहीबारे जानकारी लिने क्रममा उनले मेयर शाक्ले भने, ‘कुनै एउटा अप्रिय निर्णयले व्यवस्थालाई थप नोक्सान हुनबाट बचाउँछ भने यसका लागि नेतृत्वले डराउन हुँदैन, म डराउँदिन।’ 

मेयर शाक्यले फोहोर व्यवस्थापनमा निजी क्षेत्रको सहभागिता गराउनेसम्बन्धी फाइल लगानी बोर्डबाट फिर्ता आएको पनि जानकारी गराए ।   

मेयर शाक्यलाई विभागका गतिविधि जानकारी गराउने क्रममा समुदाय परिचालन शाखा प्रमुख सानुमैया महर्जनले स्रोतमा फोहोर छुट्याउने विधिलाई भित्री वडाका चोक—चोकबाट सफल बनाएर विस्तार गरिने योजना सुनाए।   

त्यस्तै वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले ओखरपौवामा क्षमता सकिएको र बञ्चरे डाँडामा पूर्वाधार तयार नभइसकेको ल्याण्डफिल्ड साइट महानगरका लागि चुनौती रहेको उल्लेख गरे। उनले फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी तथा उपकरण मर्मत गर्दा आवश्यक पर्ने स्पेयर पार्टस् बजारबाट सजिलै खरिद गर्न नसकिने कानुनी प्रबन्धले भनेको समयमा सवारी मर्मत गर्न नपाइएको बताए। 

त्यस क्रममा अन्य अधिकारीहरुले फोहोर उत्पादक व्यवस्थापनमा जिम्मेवार नभएको, अस्पतालजन्य तथा अन्य हानीकारक फोहोर व्यवस्थापनमा उत्पादकलाई जिम्मेवार बनाउनु पर्ने, सार्वजनिक शौचालय निर्माण, सञ्चालन व्यवस्थापन, वातावरणीय प्रदुषण, पानी तथा फोहोर पानी व्यवस्थापन, फोहोर सडकमा थुपार्ने उत्पादक तथा निजी क्षेत्रमाथि निगरानी गर्नुपर्ने लगायत विषय उठाएका थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − one =