कोशी अस्पतालमा प्रभु बैंकको काउण्टर सञ्चालनमा आउने

कात्तिक २९, विराटनगर । प्रभु बैंकको नयाँ काउन्टर कोशी अञ्चल अस्पतालमा सञ्चालनमा आउने भएकाे छ ।  वडा नं. ७ स्थित कोशी अस्पतालमा सञ्चालित काउण्टरबाट उक्त असपतालमा उपचारका लागि आउने सेवाग्राहीले सेवा पाउने छन् ।   

स्वास्थ्य उपचारको सिलसिलामा कोशी अस्पतालमा आउने सेवाग्राहीहरुलाई सरल रुपमा बैंकिङ्ग सेवा उपलब्ध गराउन काउन्टर शुरु गरिएको बैंकले जनाएको छ । 

काउण्टर सञ्चालन गर्ने सम्बन्धी सम्झौतामा कोशी अस्पतालका तर्फबाट प्रमुख सुपरीटेन्डेन्ट डा. गुणराज लोहनी र प्रभु बैंकका तर्फबाट प्रदेश नं. १ का कार्यालय प्रमुख लेखराज कार्कीले हस्ताक्षर गरेका छन् । 

null

अब प्रभु बैंकले आवश्यक पुर्वाधार निर्माण गरी सार्वजनिक विदाको दिन बाहेक विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म बैंकको काउण्टर सञ्चालन गरी सेवाग्राही तथा अस्पतालमा कार्यरत कर्मचारीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउनेछ ।   

काउण्टरबाट उपचारको लागि अस्पतालमा आउने सेवाग्राहीहरुले अस्पतालमा बुझाउनु पर्ने जुनसुकै रकम सरल एवं सहज रुपमा जम्मा गर्नपाउने छन् । सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिएको प्रभु बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीहरुको सेवामा समेत उल्लेख्य योगदान पुर्याउन लागि परेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 7 =