बच्चा बोकेकी महिलामाथि लाठी हान्ने प्रहरी निरिक्षक पौडेल जिम्मेवारीबाट हटाइए

फागुन १८, काठमाडौं । बच्चा बोकेकी महिलामाथि लाठी प्रहार प्रकरणमा सम्लग्न प्रहरी निरिक्षक देवीप्रसाद पौडेललाई जिम्मेवारीबाट हटाइएको छ ।  भिड नियन्त्रण गर्ने क्रममा बच्चा बोकेकी महिलालाई लाठी हानेको भिडियो भाइरल भएपछि पौडेललाई महानगरीय प्रहरी प्रभागबाट उनलाई हटाइएको महानगरीय प्रहरी प्रभाग ललितपुरले जनाएको छ ।   

उनको ठाउँमा प्रहर निरिक्षक सुजित ओझालाई पठाइएको प्रभागले जानकारी दिएको छ ।   

गत बिहीबार नेपाली सेनाबाट अवकाश प्राप्त सहायक रथी हेम खत्रीको घर घेर्न पुगेका ती महिलालाई पौडेलले लाठी चार्ज गरेका थिए । माला साहका लागि न्याय माग्न भन्दै खत्री निवास पुगेकी आफूलाई अभियन्ता बताउने हेमा श्रेष्ठलाई उनले लाठी हानेका थिए । 

श्रेष्ठले बच्चा बोकेकी थिइन् । पौडेलले घरमा छिरेर हुलहुज्जत र तोडफोग गरेपछि सामान्य बल प्रयोग गर्नुपर्ने स्पष्टिकरण दिएका थिए । 

प्रकरणको छानविनका लागि गठित समितिले मंगलबारसम्ममा प्रतिवेदन तयार पार्नेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =