लुम्बिनी जनरल इन्स्योरेन्स र कामना बैंकबिच बैंकासुरेन्स सम्झौता

 

माघ १६, काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनि लिमिटेडबिच बैकास्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

यससम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनि लिमिटेडको निर्जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । 

null

सम्झौतासंगै बैंकको व्यावसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास छ ।  

सम्झौता पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामुप्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र लुम्बिनी जनरल इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नूर प्रकाश प्रधानले हस्ताक्षर गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *