कोरोना आशंकामा ७ सय जनाको नमूना परीक्षण, संक्रमित युवतीको परिवारको रिपोर्ट आउँदै

चैत्र १२, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को आशंकामा ७ सय जनाको नमूना परीक्षण भएको छ । 

नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म झण्डैँ ७ सय जनाको नमूना परीक्षण गरिएको प्रयोगशालाले जनाएको छ ।  

पछिल्लो समय देशभरबाट प्रयोगशालमा नमूना आउने क्रम बढेको प्रयोगशालाले जनाएको छ । नमूना परीक्षण गरिएकामध्ये थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । एक जना भने उपचारपछि निको भइसकेका छन् । 

फ्रान्सबाट कतार हुँदै आएकी एक युवतीम कोरोना संक्रमण देखिएपछि उनको  परिवारका पाँच सदस्यको नमूनाको परीक्षण जारी छ । आज (बुधबार) बेलुकासम्म रिपोर्ट आउने प्रयोगशालाले जनाएको छ ।  

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को संक्रमणबा ज्यान गुमाउनेको संख्या १८ हजार ९ सय ७ पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार मङ्गलबारसम्म विश्वका विभिन्न देशमा गरी ४ लाख २२ हजार ८२९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । 

सङ्क्रमित व्यक्तिहरुमा १ लाख ९ हजार १०२ जना उपचारपछि घर फर्किएका छन् भने दुई लाख ९४ हजार ८२० व्यक्ति हाल उपचारारत छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १९२ देशमा देखा परिसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 16 =