एइसीसी ग्लोेबल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक पक्राउ

मंसिर २२, काठमाडौं । एईसीसी ग्लोबल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सोनु अग्रवाल पक्राउ परेका छन् । ठगी र बैंकिङ कसुरसम्बन्धी अभियोगमा उनलाई कालिमाटी प्रहरीले पक्राउ गरेको हो । 

कन्सल्टेन्सीमा २५ प्रतिशत स्वामित्व रहेका सचिन उपाध्यायले सोनु अग्रवालका दाजु रञ्जित अग्रवालविरुद्ध ठगी अभियोगमा जाहेरी दिएका थिए । प्रहरी बृत्त कालिमाटीबाट खटिएको टोली अग्रवालको घर पुग्दा सोनुले आफु नै रञ्जित भएको दावी गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । 

तर, बृत्तमा ल्याएर केरकार गर्दा उनी रञ्जित नभई सोनु भएको खुलेको थियो । कालिमाटी वृत्तका डीएसपी देबेन्द्रबहादुर पालले पासपोर्ट चेक गर्दा उनी नेपाली मूलका अष्ट्रेलियन नागरिक सोनु अग्रवाल रहेको खुलेको बताए । ‘हामी रञ्जित अग्रवाललाई खोज्दै गएका थियौं, सोनुले म नै रञ्जित अग्रवा हुँ भने ।’ वृत्तका डीएसपी पालले भने । 

null

सोनु एइसीसी ग्लोबलका प्रबन्ध निर्देशक हुन् भने उनका दाजु रञ्जित नेपालका कन्ट्री हेड हुन् । 

रञ्जितले पूर्वकन्ट्री हेड सचिन उपाध्यायलाई दिएको १० लाखको चेक नक्कली भेटिएपछि प्रहरीले उनलाई बैंकिङ कसुरमा पक्राउ गर्न खोजेको थियो । तर, सोनुले दाजुलाई भगाएर आफु नै रञ्जित भएको गलत बयान दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । 

एइसीसी ग्लोबल ९ वर्ष अघि नेपालीहरुले सञ्चालन गरेको विश्वब्यापी कन्सल्टेन्सी हो । अष्ट्रेलियाको मेलवर्नमा मुख्यालय रहेको यो कम्पनीका संस्थापक हुन् सोनु अग्रवाल र सौरभ बैद्य । केही महिनाअगाडि दुई पार्टनरवीच सुरु भएको विवाद अहिले नेपालको अदालत र प्रहरीसम्म पुगेको छ । 

एईसीसी ग्लोबलको पार्टनरबाट सौरभले बिदा लिए पनि उनका भिनाजु एवं तत्कालीन नेपाल प्रमुख सचिन उपाध्यायसँगको लेनदन विवाद चुलिएको स्रोतको दावि छ । एईसीसीको नेपालस्थित कम्पनीको २५ प्रतिशत सेयर आफ्नो नाममा हुनुपर्ने सचिनको दाबी छ । सोनु, सौरभ, सचिन र रञ्जितबीच भएको करारनामा सम्झौतामा आफ्नो नाममा २५ प्रतिशत सेयर सुनिश्चित गरिएको भए पनि अहिले आफूलाई सेयरबाट बिमुख गरिएको दावीसहित सचिनले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका छन् । 

साथै स्टाफको तलव खुवाउन दशैैं अगाडि दिएको १० लाख रुपैयाँको फिर्ता माग्दा आफ्नो हस्ताक्षर नै नचल्ने चेक दिएको भन्दै उनले बैंकिङ कसुरमा कारबाहीका लागि रञ्जित अग्रवालबिरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । विवादका कारण काठमाडौंको अफिस केही साता बन्द छ । 

विद्यार्थीको पैसा धरापमा 

एइसीसीबाट अष्ट्रेलिया जाने तयारीमा रहेका दर्जनौ विद्यार्थीको पैसा धरापमा परेको छ । एइसीसीको डिल्लीबजार स्थित कार्यालयबाट भिजा अप्लाइ गरेका विद्यार्थी मध्ये दुई दर्जन विद्यार्थीले पैसा सोनु अग्रवाललाई पैसा बुझाएको स्रोतको दावि छ । उनले ति विद्यार्थी जनही ५ देखि १० लाख सम्म पैसा बुझेका छन् । 

६ महिनादेखि कर्मचारी तलब विहिन  

निक्कै तामझामका साथ सञ्चालनमा आएको एइसीसीले चितवन कार्यालयमा कार्यरत कर्मचारीलाई विगत ६ महिनादेखि तलब दिन सकेको छैन । खराब ब्यवस्थापनबाट चलेको एइसीसीले त्यहाँ कार्यरत कर्मचारी, काउन्सलरलाई तलब दिन नसकेको र कर्मचारीले त्यहाँका सञ्चालक सम्पर्क विहिन भएको स्रोतको दावि छ । स्रोतका अनुसार चितवन शाखा कार्यालयको भाडा समेत तिर्न नसकेको स्रोतको दावि छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =