प्रदेश २ सरकारले होलीमा दुई दिन सार्वजनिक बिदा दिने

जनकपुर । होली पर्वको अवसरमा प्रदेश नम्बर २ सरकारले प्रदेशभर दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । केन्द्र सरकारले होली पर्वमा एक दिन सार्वजनिक बिदा दिने गरेकोमा प्रदेश सरकारले एक दिन थपेर दुई दिन बिदा दिने निर्णय गरेको हो । 

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवका अनुसार प्रदेश सरकारले होली पर्वको अवसरमा फागुन २७ र २८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । १५ दिने मिथिला मध्यमिकी परिक्रमा जनकपुरको अन्तरगृह परिक्रमा समापनसङ्गै यस क्षेत्रमा होली मनाइने परम्परा छ ।   

फागुन २५ गते जनकपुरधाम पुग्ने मिथिला मध्यमा परिक्रमा २६ गते जनकपुरको अन्तरगृह परिक्रमा गरिसकेपछि २७ गते होली मनाइनेछ ।पहाडी क्षेत्रमा भने फागुन २६ मै होली मनाइने चलन छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =