५ कक्षामा पढ्दै गरेकी १२ वर्षिय बालिकाद्वारा आत्महत्या

 

साउन १५, गोरखा । बुधबार गोरखामा एक वाह्र बर्षिय बालिकाले आमा पानी भर्न गएको मौकाछोपी आत्महत्या गरेकी छिन् । 

गोरखा शहीदलखन गाउँपालिका–७ मकैपुरकी  वाह्र बर्षिय बालिका प्रशान्ता श्रेष्ठले आत्महत्या गरेकी हुन् । 

null

बुधबार बिहान आमा पानी भर्न गएको मौका छोपी आफ्नै कोठामा आत्महत्या गरेकी श्रेष्ठको शव बिहानको करिब साँढे सात बजेको समयमा उनकै बहिनीले भुण्डिएको अवस्थामा देखेकी थिईन् । 

स्थानिय स्कल न्यू होराइजन बोर्डिङमा कक्षा ५ मा पढ्दै गरेकी श्रेष्ठले किन आत्महत्या गरिन् कारण भने खुल्न नसकिएको प्रहरीले जनाएका छन् । 

प्रहरीका अनुसार हाल यस घटनाबारे अनुसन्धान भईरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =