आमासँगै लिएर जाऔँ र निःशुल्क चलचित्र ‘आमा’ हेरौँ

फागुन ८, काठमाडौँ ।   फागुन ९ गते अर्थात भोलीदेखि प्रदर्शन हुन लागेको चलचित्र ‘आमा’ हेर्न जाँदा आफ्नो आमालाई सँगै लिएर गए निःशुल्क हेर्न पाईने घोषणा गरिएको छ ।   

काठमाडौँका केही हलहरुमा आफ्नो आमासँग उक्त चलचित्र हेर्न गए निःशुल्क हेर्न पाईने चलचित्र निर्माणपक्षले  घोषणा गरेको हो ।   

चलचित्र आमाका निर्देशक दीपेन्द्र के खनालका अनुसार काठमाडाैँको जय नेपाल हलमा पौने १२ बजे, क्यूज हलमा पौने ११ बजे र कुमारी हलमा बिहान साढे ८ बजेको शोमा आमालाईसँगै लिएर गए चलचित्र  ‘आमा’ निःशुल्क हेर्न पाईने छ ।   

Image result for चलचित्र ‘आमा’

निर्देशक दीपेन्द्र के खनालले भने ‘एक दिन आफ्नी आमासँग’ भन्ने भावका साथ हामीले यो घोषणा गरेका हौं ।’ 

सर्मिला पाण्डेले निर्माण गरेको फिल्म आमा मा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल लगायतका कलाकारको भूमिका रहेको छ। यस चलचित्रका लागि देशभरका मल्टिप्लेक्समा बुकिङ पनि खुलिसकेको छ र चलचित्रको काठमाडौँको केही  मल्टिप्लेक्समा बुकिङ समेत राम्रो भैरहेको छ । 

भोलीदेखि नै  सिताराम कट्टेल, कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली)  को प्रस्तुतीमा तयार पारिएको चलचित्र ‘सेन्टी भाइरस’ पनि प्रदर्शनमा आउँदै छ ।   

 यस चलचित्रका निर्माणपक्षले  ‘सेन्टी भाइरस’ को ५० प्रतिशत  चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खर्च हुने घोषणा केही समय अघि गरेको थियो ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =