देवघाटधाममा हुने मेलाको तयारी अन्तिम चरणमा

पुस २७, चितवन । माघे संक्रान्तिको अवसरमा देवघाटधाममा हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । देवघाट क्षेत्र विकास समितिको समन्वयमा आज जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर तालिम केन्द्रबाट प्रहरी जवानसहित बिभिन्न संघ संस्थाको सहभागीतामा देवघाटको वेणी संगममा सरसफाई गरिएको छ ।
साथै, चितवनतर्फको देवघाट क्षेत्रको किनारमा भने नेपाली सेना र सशस्त्र प्रहरीहरु समेतले सरसफाई गरेको छ । विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि माघे संक्रान्तिमा हुने देवघाट मेलाको पूर्व सन्ध्यामा देवघाटधामको वेणी संगममा सरसफाई गरीएको जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर तालिम केन्द्रका प्रहरी नायव उपरीक्षक भरत बहादुर विश्कर्माले जानकारी दिए ।
null
हरेक वर्षको माघे संक्रान्ति मेलामा जस्तै यसवर्ष पनि भक्तजनहरुलाई मध्यनजर गरेर समुचित प्रबन्ध सहित मेलालाई मर्यादित, व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न तयारी गरिरहेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए । अध्यक्ष पौडेलको संयोजकत्वमा १ सय ५१ सदस्यीय मूल व्यवस्थापन समिती र मेला व्यवस्थापनका लागि सुरक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, विद्युत, ट्राफिक जस्ता विभिन्न २३ सदस्यीय उपसमिती गठन गरेर तयारी तिव्र रुपले भैरहेको उनलेे बताए ।
पौडेलका अनुसार यसवर्ष मेला भर्न नेपाल र भारतका विभिन्न स्थानबाट गरी कम्तीमा पनि ५ लाख भक्तजनहरु देवघाट आउँने अनुमान गरिएको छ । हरेक वर्ष मेला भर्नेको संख्या बढ्दै गएको हुदा मेला व्यवस्थापनमा चुनौती समेत थपिदै गएको उनको भनाइ छ ।








