उपत्यकामा रात्रिकालीन बस सेवा असार १ गतेबाट, न्यूनतम भाडा २२ रुपैयाँ
२०७६ जेठ ३१ गते

जेठ ३०, काठमाडौं । सरकारले असार १ गतेदेखि काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ ।
यातायात सुविधा नभएकाले मानिसले रातिको समयमा गर्न सक्ने काम पनि दिनमै सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्थालाई मध्यनजर गर्दै यातायात व्यवस्था विभाग रात्रिकालीन बस सञ्चालमा ल्याउन लागेको हो ।
null
रात्रीकालीन बसको भाडा दिउँसोको समयमा चल्ने सवारीको भन्दा बढी हुनेछ । सरकारले भर्खरै सार्वजनिक गरेको भाडादर अनुसार रात्रीकालीन बसमा यात्रा गर्दा न्यूनतम भाडा २२ रुपैयाँ तिुर्नपर्ने छ ।
दिउँसो भने न्यूनतम १६ रुपैयाँ तिर्नुपर्ने छ । यसअघि १४ रुपैयाँ थियो ।
२०७६ जेठ ३१ गते
प्रतिक्रिया
सम्बन्धित








