सिरियामा ट्याङ्करले दुईवटा बसलाई ठक्कर दिँदा ३२ को मृत्यु

फागुन २५, काठमाडौँ । शनिबार सिरियामा एउटा ट्याङ्करले दुईवटा बसलाई ठक्कर दिँदा अरु धेरै सवारीसाधन ठोक्किएर  ३२ जनाको मृत्यु भएको छ ।   

स्थानिय प्रहरीका अनुसार सिरियाको राजधानी दमास्कसदेखि होम्स प्रान्त जाने–आउने बाटोमा उक्त दुर्घटना भएको हो ।   

 यस दुर्घटनामा परी ७७ जना घाइते भएको गृहमन्त्री मोहम्मद खालेद अल रहमानले जानकारी दिएका छन् ।  उनका अनुसार  ट्याङ्करको ब्रेक फेल हुँदा अरु १५ वटा सवारीसाधन र दुई वटा ठूला बसलाई ठक्कर दिएको थियो । 

मृतक ३२ मध्ये धेरै जसाे  इराकी नागरिक भएको  आइतबार  अधिकारीले जनाएका छन् । 

राजधानी दमास्कस नजिकैको धार्मिकस्थलतर्फ गइरहेको बेला सो दुर्घटना भएको र दुर्घटनामा परेका अधिकाँश शिया मुस्लिम धर्मावलम्बी रहेको जानकारीमा आएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 6 =