कैलालीमा चुरे क्षेत्रबाट चोरी तस्करी बढ्दो, सम्झाउन खोज्दा ज्यान मार्ने धम्की

कैलाली । कैलालीको चुरे क्षेत्रबाट अझै पनि चोरी तस्करी भई रहेको छ । स्थानियहरुका अनुसार घोडाघोडी नगरपालिका ४ रामपुर स्थित श्री रामपुर सामुदायिक बन भएर चुरे क्षेत्रमा चोरी तस्करीका घटनाहरु भई रहेका छन् । चुरे क्षेत्र र चुरे आसपासका समुदायिक बनमा अझै पनि ट्याक्टरमा ढुङगा मुनि लुकाएर काठ चोरी तस्करी भई रहेको छ । 

चोरी तस्करी रोक्न खोज्दा उल्टै हामीले ढुङगा उठाउन पाउनु पर्छ भन्दै ज्यान मार्ने धम्की आउने गरेको नाम नखुलाउने सर्तमा एक जना स्थानियले जानकारी दिनुभयो । यसरी दिन प्रति दिन चोरी तस्करीका घटनाहरु भई रहदा पनि सरोकारवालाहरु भने बेखबर छन् । 

 

null

विगतमा ढुङगा, गिट्टी उठाए बाफत रोयल्टी लिने गरीएको भए पनि अहिले नगरपालिकाको आदेश अनुसार रोयल्टी लिन छोडिएको छ । टेण्डर परेको भन्दै धम्की आउन गरे पछि सामुदायिक बनले पनि चोरी तस्करी रोक्न सकेको छैन् । स्थानियका अनुसार चोरी तस्करीका घटनाहरु प्रायः रातीको समयमा हुने गरेका छन् । 

डिभिजन बन कार्यालयको टोली अनुगमनमा गई रहेको भए पनि चुरे क्षेत्र बाट काठ तस्करी भई रहेको खबर आफुले नपाएको र बनमा हुने चोरी तस्करीका घटनाहरु नियन्त्रण गर्न आफु लागि रहेको लागि रहेको डिभिजन बन कार्यालय पहलमानपुरका प्रमुख दिपक राज ज्ञवालीले बताउनु भयो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =