मुद्दा फिर्ता लिन दबाब दिएको अडियो रेकर्ड सिद्धबाबाकै भएकाे पुष्टि

पुस १०, विराटनगर । करणीको आरोप लागेका धार्मिक गुरु ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीले आफ्नो नभएको भनेर दाबी गरेको अडियो रेकर्ड उनकै भएको पुष्टि भएको छ ।   

प्रहरी स्रोतका अनुसार अडियो रेकर्ड सिद्धबाबाको हकमा ७७ प्रतिशत आवाज म्याच भएको छ । सामान्यतया ५० प्रतिशत आवाज म्याच हुँदा प्रमाण मान्न सकिन्छ । प्रहरीले आवाज मिलेको रिपोर्ट सरकारी वकिलको कार्यालयलाई हस्तान्तरण गरेको छ । कार्यालयले सो मुद्दाको मिसिल अध्ययन गरिरहेको प्रहरीले बताए । 

एक महिला अनुयायीमाथि करणी गरेको आरोप लागेका सिद्धबाबाले पीडित महिलालाई टेलिफोन गरी मुद्दा फिर्ता लिन दबाब दिएका थिए । रुँदै मुद्दा फिर्ता लिन दबाब दिएको टेलिफोन सम्बाद पीडित महिलाले रेकर्ड गरेकी थिइन् । प्रहरीको विधि विज्ञान प्रयोगशालाले महिलाले रेकर्ड गरेको अडियो सिद्धबाबाकै भएको पुष्टि गरेको हो । 

Image result for सिद्धबाबा

अनुयायीमाथि करणी गरेको आरोप लागेका गिरीले करिब एक घण्टा २० मिनेट फोन गरी मुद्दा फिर्ता लिन भनेका थिए । सरकारी वकिलको कार्यालयले आजै मिसिल बुझाएर सिद्धबाबालाई अदालतमा हाजिर गराउने तयारी गरेको छ । 

जिल्ला अदालत सुनसरीले गिरीलाई पछिल्लो पटक ७ पुसमा थप तीन दिन थुनामा राख्न अनुमति दिएको थियो । उनी १६ मंसिरमा पक्राउ परेका थिए । सिद्धबाबालाई पक्राउ गरेको आज २५ दिन पुग्दैछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 7 =