बिषालु च्याउ खाएर ५ बिरामी

असोज ८, पाल्पा । गएराती बिषालु जंगली च्याउ खाएर ५ जना बिरामी परेका छन् । बिरामी पाँच मध्ये तीन जनालाई आइसियूमा  राखिएर उपचार गरिँदै छ भने दुईको अवस्था सामान्य रहेको छ  । 

चिकित्सकका अनुसार बिरामी पाँचै जना हाल खतराम मुक्त भएका छन् । 

यसरी घर नजिकैको जंगलबाट ल्याएको च्याउ तरकारी पकाएर खाने क्रममा रामपुर नगरपालिका–४ खप्टारका ३९ वर्षीय तुलबहादुर मल्ल, ५३ वर्षीय ठगबहादुर खाँण, १४ वर्षीय अनुप थापा, ३४ वर्षीया केसरी मल्ल, ११ वर्षीय शंकर खाँण बिरामी भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिएका छन् ।   

Image result for च्याउ

बिषालु च्याउ खाएर सिकिस्त भएका उनीहरुको उपचार पाल्पामा हुन नसकेपछी  बुटवलको सिद्धबाबा हस्पिटलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।   

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 19 =