गाँजा खेतीको समर्थनमा कलाकार दीपकराज गिरी

फागुन १९, काठमाडौं । आज प्रतिनिधिसभामा गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने भन्दै सांसद शेरबहादुर तामाङले निजी (गैरसरकारी) विधेयक दर्ता गराएपछि त्यसको पक्षमा कलाकार दीपकराज गिरी उत्रिएका छन् ।   

गाँजा खेती गरी मुलुकको अर्थतन्त्र बलियो बनाउन सकिने र विदेशीएका युवालाई समेत स्वदेश फर्काउन सकिने भन्दै सांसद तामाङले विधेयक दर्ता गराएपछि गाँजामाथि वहस चलेको छ ।   

सामाजिक सञ्जालमा लेख्दै कलाकार तथा निर्माता गिरीले संसदमा दर्ता भएको विधेयकको स्वागत गरेका छन् । उनले विश्वमा धेरै देशहरुमा गाँजामाथिको प्रतिबन्ध हटेको तथा हाम्रो जस्तो बिपन्न मुलुकले गाँजा खेतीबाट धेरै फाइदा उठाउन सक्ने बताएका छन् ।   

सामाजिक सञ्जाल फेसवुकमा खेल्दै गिरीले गाँजाबाट हुने विक्रितिलाई नियन्त्रण गरेर उत्पादन र निर्यातमा जोड दिन सके किसानलाई समेत फाइदा पुग्ने जिकिर गरेका छन् ।   

‘बिकृतीलाई नियन्त्रण गरेर उत्पादन र निर्यातमा जोड़ दिन सके किसान तथा देशलाई फाइदा पुग्ने निश्चित छ । त्यसैले यो निर्णय लाई परम्परागत सोच त्यागेर स्वागत गरौं ।’ गिरीले लेखेका छन् । 

हेर्नुहोस स्टाटस : 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =