यसरी बनाउनुस् हातखुट्टालाई सुन्दर र चम्किलो

भाद्र १७ । कतिपय युवतीहरूले स्वयंलाई सुन्दर देखाउनका लागि विभिन्न किसिमको महंगो समान खरिद गरिरहेका हुन्छन् l जसले गर्दा उनीहरूको अनुहारमा चमक देखिन थाल्छ l तर युवतीहरूले सधैँ आफ्नो अनुहारको सुन्दरता मात्र ध्यान दिने गर्छन् न कि हातखुट्टाको सुन्दरतामा l
तर अनुहार लगायत हातखुट्टाको पनि स्याहार गर्ने हो भने सुनमा सुगन्ध नै भई दिन्छ l त्यसैले आउनुहोस् चर्चा गरौँ आखिर कसरी गर्न सकिन्छ त हातखुट्टाको हेरचाह l
यदि तपाईँ कागतीको प्रयोग गर्नु हुन्छ भने यसले तपाइको हातलाई कोमल तथा उज्यालो बनाउनका साथै नङ सफा पनि राख्छ । त्यसैले आफ्नो हात सफा राख्नका लागी बढी मात्रामा कागतीको प्रयोग गर्नुहोस् l

हातखुट्टालाई मनतातो ओलिभ ओयलले राम्रोसँग मालिस गरी केही समय स्याम्पु पानीमा डुबाएर राख्नुहोस् र सफा पानीले हातखुट्टा धुनुहोस् l
यदि तपाइको काम गर्दा हातखुट्टा खस्रो र फोहोर भएको छ भने उक्त स्थानमा कागतीको रस लगाई ब्रसले रगड्नुहोस् l जसले गर्दा खस्रोपना र फोहोर सजिलैसँग जानेछ l र राति सुत्ने बखतमा क्रिमको प्रयोग गर्नुहोस् l एजेन्सी









