सर्लाहीमा प्रहरी जवानले आफैंमाथी प्रहार गरे गोली

फाेटाे स्राेतः गुगल 

फागुन २५, सर्लाही । सर्लाहीमा एक ३० वर्षीय  सशस्त्र प्रहरी जवानले आफैमाथी गोली गरेका छन् ।   

 ड्युटीमा खटिएका समयमा सर्लाही बलरा नगरपालिका बस्ने सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत ३० वर्षीय आन्नद मिश्राले आफैमाथी गोली प्रहार गरेका हुन् ।   

Image result for प्रहरी जवानले आफैंलाई गोली हाने

 गोली प्रहारबाट उनी गम्भिर घाइते भएको र उनलाई  जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जमा पठाइएको प्रहरीले जनाएको छ ।   

सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठका अनुसार उनले आफैले बोकेको एसएलआरबाट  आफ्नै घाँटीमा गोली प्रहार गरेका थिए ।  उनले के कारणले आफैँमाथी गोली प्रहार गरे कारण खुल्न बाँकी रहेको र घटनाबारे अनुसन्धान भईरहेको उपरीक्षक  श्रेष्ठले जानकारी दिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =