नर्सले बनाएकाे एक टिकटक जसले उधुमनै मच्चायो

मंसिर ९ ।  सामाजिक सन्जाल मध्येको एक एप हो ‘टिकटक’ । यसका प्रयोगकर्ता विश्वभर नै छन् । टिकटक प्रयोग गर्नेहरुमा बच्चादेखि बुढा सबै सामेल छन् । जसमा बनाइने भिडियोले मनोरन्जन र कलाको प्रस्फुटन गर्छ भने अर्कोतिर आलोचना पनि उत्तिकै खेप्नुपर्ने हुन्छ । 

कतिपय यस्ता मानिस छन् जसको टिकटक भिडियोले उनीहरुको जीवन नै बदलिएको छ । उनीहरुलाई चर्चाको शिखरमा पु-याएको छ । त्यस्तै कतिपयलाई आफ्नो भएको इमेज पनि खराब बनाइदिएको छ । 

यहि टिकटिकले गर्दा एक नर्सले आलोचना खेप्नु परेको छ । उनी मजाकको पात्र बनेकी छिन् । 

डी रोजी नामक नर्सले शेयर गरेको टिकटक भिडियोमाथि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । साथै उनको यो भिडियो निकै भाइरल पनि भएको छ । भिडियोमा उनले एउटा बिरामीलाई देखाउँदै सहयोग गर्नुको साटो नाचेर मजाक उडाएको देखिन्छ । 

भिडियो शेयर गर्दै उनले लेखेकी छन्, ‘हामी सबैलाई थाहा छ कि हामी कतिबेला नाटक गर्छौं ।’ 

  

नर्सले बिरामीलाई सहायता गर्नुपर्नेमा मजाक उडाउँदै उल्टै नाच्नु अमानवीय व्यवहार भएको भनी उनको आलोचना भइरहेको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − six =