प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

फागुन १५, विराटनगर । प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोयगिता सम्पन्न भएको छ । “शिक्षाको रुपान्तरणमा युवाको भूमिका” विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
राष्ट्रिय युवा परिषद र सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ ले विहीबार आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा सोलुखुम्बु, झापा र सुनसरी बाहेकका ११ वटा जिल्लाले सहभागिता जनाएका थिए ।
राष्ट्रिय युवा परिषद सदस्य तथा प्रदेश संयोजक धनराज तुम्बापो लिम्बुको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा सामाजिक विकास मन्त्री जीवन धिमिरेले गमलामा पानी हाल्दै कार्यक्रमको उद्धघाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले शिक्षाको रुपान्तरण आज चुनौतीको विषय रहेको बताए । उनले भर्ने शिक्षा समय सन्दर्भको हुनुपर्छ, हिजो हाम्रो पुस्ताले लिदै गरेको शिक्षा र आजको पुस्ताले लिदै गरेको शिक्षा स्वभाविक रुपमा ठुलो अन्तर छ ।’
सुचना प्रविधिको विकास तिव्रगतिमा भएकाले आज हिजोको बीचको तुलना गर्नै नसकिने मन्त्री घिमिरेले बताए ।
वक्तृत्वकलाको निर्णायक मण्डलमा सामाजिक विकास मन्त्रालयका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख सूर्यराज घिमिरे, पूर्व जिल्ल शिक्षा अधिकारी , शिक्षा विद हरि प्रसाद वस्ती र महेन्द्र मोरङ क्याम्पसका सह–प्राध्यापक भुषण ढुंगेल रहेका थिए ।
भने प्रतियोगितामा तेह्रथुमका जानुका अधिकारी प्रथम भएकी थिईन । उनले प्रमाणपत्र सहित नगद २० हजार प्राप्त गरेकी छिन् । दोश्रो धनकुटाकी मनीषा खनाल रहेकी छिन । उनले प्रमाणपत्र सहित नगद १५ हजार प्राप्त गरेकी छन् । तेश्रो हुनेमा ओखलढुंगाका निशान श्रेष्ठ रहेका छन् । उनले प्रमाणपत्र सहित नगद १० हजार प्राप्त गरे ।
प्रतियोगितामा सहभागी प्रथम, दितिय र तृतिय स्थान हाँसिल गर्ने प्रतियोगिहरु चैत्र ५ गते संघीय तहको प्रतियोगितामा सहभागी हुने सामाजिक विकास शाखा अधिकृत कोमल खड्काले जानकारी दिए ।








