बञ्चरो प्रहार गरी गोरे लुहारको हत्या

फागुन २२, कञ्चनपुर । भीमदत्त नगरपालिका– १३ वडैपुरका गोरे लुहारको बञ्चरो प्रहार गरी हत्या गरिएको छ । जग्गा विवादमा भतिजा शिव लुहारले गोरेलाई सोमबार साँझ बञ्चरो प्रहार गरेका थिए । 

बञ्चरो प्रहारपछि सक्त घाइते भएका गोरेलाई उपचारका लागि भारतको बरेली लगिएकामा उपचारकै क्रममा गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णराज ओझाले बताए। 

हत्यामा संलग्न शिवलाई घटनामा प्रयोग गरिएको बञ्चरोसहित पक्राउ गरी हिरासतमा राखिएको उनले जानकारी दिए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =