स्वीस दूतावास भन्छ, ‘विजय मिश्रको दूतावाससँग कुनै सम्बन्ध छैन’

फागुन ८, काठमाडौं । निवर्तमान सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटासँग सम्बन्धित समाचारप्रति नेपालस्थित स्वीजरल्याण्ड दूताबासले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।   

दूतावासले सो सम्बन्धी कुनै पनि छलफलमा दूताबासको संलग्नता नरहेको स्पष्ट पार्दै भविष्यमा पनि नहुने जनाएको छ ।   

दूताबासले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सो घटनासँग सम्बन्धित कुनै पनि छलफल नभएको र भविष्यमा पनि नहुने जनाउँदै स्वीस कम्पनीका प्रतिनिधि भनेर समाचारमा उद्धृत गरिएका व्यक्तिको लेनदेनबारे दूतावास जानकार छैन । न त यसमा कुनै संलग्नता छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 3 =