बालुवाटारमा ओली-प्रचण्ड, सञ्चारमन्त्रीको अडियो प्रकरणबारे छलफल

फागुन ८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।   

भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे छलफल भएको बताइएको छ । बाँस्कोटाले ७० करोड कमिसन डिल गरिरहेको अडियो सार्वजनिक भएलगत्तै अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भेटवार्ता भएको हो । 

स्रोतका अनुसार मन्त्री बाँस्कोटा काठमाडौं फर्किए लगत्तै यस विषयमा सोधेर के भर्ने भन्ने विषयमा निर्णय गरिने छ ।   

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि मन्त्री बाँस्कोटाले स्वीस कम्पनीको नेपालस्थित प्रतिनिधिसँग  ७० करोड रुपैंया कमिसन मागेको अडियो गएराति सार्वजनिक भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 19 =