नयाँ वर्षबारे ट्वीट गर्दा आलोचित बन्न पुगे बलिउड पिता बच्चन

पुस १४, भारत ।  नागरिकता संशोधन बिलको विषयमा चुप बसेपछि आलोचित भएका अमिताभ बच्चन सोसल मिडियामा पुनः सक्रिय भएका छन् । हालै अमिताभले नयाँ वर्षको विषयमा ट्वीट गरेका छन् । उक्त ट्वीटमा उनले लेखे, ‘नयाँ वर्ष आउन अझै केही दिन बाँकी छ, धेरै चिन्तित हुनुपर्ने कुरा छैन । मात्र १९–२० को फरक त हो नि । ’ 

अमिताभको यो ट्वीटपछि फिल्म निर्माता अनुराग कश्यपले आफ्नो प्रतिक्रिया दिँदै उनीमाथि निशाना साँधेका छन् । 

अनुरागले अभिताभलाई दिए जवाफः 

Image result for बलिउड पिता बच्चन

अनुरागले यो ट्वीटको जवाफ दिँदै लेखे, ‘यसपटक फरक १९ –२० को मात्रै होइन, यसपटक फरक निकै ठूलो छ । अहिले तपाईं आफ्नो ध्यान स्वास्थ्यमा केन्द्रीत गर्नुहोस् । तपाईं ७० को दशकमा नै आफूले सक्दो गरिसक्नुभएको छ, त्यतिबेलादेखिको तपाईं भित्रको बच्चन हामीले आफूभित्र लिएर घुमिरहेका छौं । 

  

अनुरागले यसअघि अक्षय कुमारमाथि पनि नागरिकता संसोधन विधेयकको विषयमा उनीमाथि कटाक्ष गरेका थिए । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =