सालको गोलिया बरामद

माघ ७, कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा लुकाइ राखेको अवस्थामा सालको गोलिया फेला परेको छ । 

घोडाघोडी नगरपालिका–९ शिखरझालामा विशेष सुराकीको आधारमा परालले छोपी लुकाइराखेको अवस्थामा सालका ७ थान गोलिया फेला परेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख यक्ष राज जोशीले जानकारी दिए । 

जोशीका अनुसार , शनिबार साँझ सुराकीको आधारमा करिब १०५ क्युफिट बराबरको गोलिया बरामद गरिएको हो । उनले भने, बरामद गरिएको काठ अनुसन्धानका लागि वन डिभिजन कार्यालय पहलमानपुरमा बुझाइएको छ ।’ 

null

नियमित रेखदेख नहुँदा घोडाघोडी नगरपालिकाका बिभिन्न वनक्षेत्रबाट तस्करहरुले दैनिक काँचो काठ दाउरा तस्करी गरिरहेको स्थानिय बासिन्दाले बताएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + fifteen =