‘डिमान्ड अनुसार घुस दिन असक्षम छु’ भन्दै वीर अस्पतालका डाक्टरले दिए राजीनामा
२०७५ मंसिर ४ गते

मंसिर ४, काठमाडौँ । वीर अस्पतालमा कार्यरत न्युरो सर्जन डा. ध्रुवराज अधिकारीले चाकडी र घुस दिन नसकेको भन्दै राजीनामा दिएका छन् ।
विगत एक वर्षदेखि तलबविहीन भएर वीर अस्पतालको न्युरो सर्जरीमा कामकाज गर्दै आएका उनले मागअनुसार चाकडी र घुस दिन नसकेको भन्दै राजीनामा दिएका हुन् ।
अधिकारीले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन्।
null
‘विगत एक वर्षदेखि तलबविहीन भएर वीर लकोअस्पता न्युरो सर्जरीमा कामकाज गर्दै आएको थिएँ, उनले राजीनामा पत्रमा लेखेका छन्, ‘वीर अस्पतालले बारम्बार पत्र लेखेर अथक प्रयास गर्दा पनि वीर अस्पतालमा मेरो पोस्टिङ नगरी पूर्वाग्रह राखेर दुःख दिएकोले राजीनामा दिएको हुँ’ राजिनामा पत्रमा उल्लेख छ ।
२०७५ मंसिर ४ गते
प्रतिक्रिया








