भारतमा चक्रवाती आउने संकेत पाएपछी तीन लाख मानिसलाई सुरक्षित स्थानमा, नेपालमा पनि असर

 

जेठ ३०, भारत । ‘चक्रवाती तूफान ‘वायु’ आउने संकेत पाएपछी भारतको गुजरातमा असुरक्षित ठाउँमा भएका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । 

करिब ३ लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको स्थानिय अधिकारकर्मीले जनाएका छन् । 

null

भारतीय मौसम विभागले यस शक्तिशाली आँधीको वेग प्रतिघण्टा १६० किलोमिटर हुने अनुमान गर्नुका साथै अहिले त्यो आँधी पोरबन्दर आसपास आईसकेको बताएका छन् । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आँधी आउन सक्ने स्थानमा बसोबास गरेका मानिसलाई मानिसहरूलाई सुरक्षित रहन आग्रह समेत गरेका छन्।यस ‘चक्रवाती तूफान ‘वायु’ सँगै भूकम्प जान सक्ने सम्भावना रहेको भारतीय मौसम विभागले जानकारी गराएका छन् । 

अहिले  ‘चक्रवाती तूफान ‘वायु’ आउँने स्थानहरुमा रेल तथा हवाई उडान सेवा तत्कालका लागि अबरुद्ध, विद्यालयहरु बन्द गरिनुको साथै गुजरातको प्रमुख समुद्री बन्दरगाह पनि बन्द गरिएको स्थानिय अधिकारकर्मीले जनाएका छन् । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यस ‘चक्रवाती तूफान ‘वायु’ को सामान्य असर नेपालमा पनि देखा पर्नेछ । 

जसको कारण आज बिहिबार नेपालका बिभिन्न स्थानहरुमा हावाहुरी चल्नुको साथै मेघ गर्जन सहित वर्षा हुने सम्भावना देखिएको बिभागले जानकारी दिएका छन् । 

तर नेपालमा भने खासै ठूलो असर नपर्ने मौसमविद मञ्जु बासीले जानकारी गराएकी छिन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =