आज फागुन २७ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग 

बि.सं. फागुन २७, २०७६ । इ.सं. 10 March, 2020 । शक संवत १९४१। नेपाल संवत ११४० चिल्लागा । परिधावी उत्तरायण शिशिर । मंगलवार चैत्र कृष्णपक्ष । तिथि प्रतिपदा, २१:३२ बजे उप्रान्त द्वितीया । नक्षत्र उत्तरफाल्गुनी, २४:२२ बजे उप्रान्त हस्त । योग शूल, १४:१९ बजे उप्रान्त गण्ड । करण वालव १०:४३  बजेदेखि कौलव, २१:३२ बजे उप्रान्त भद्रा । चन्द्रराशि सिंह । आनन्दादी योग धाता । दिनमान २९।३० । सूर्योदय ६:३१ । सूर्यास्त १८:०९ । तराईमा होलीपर्व। गणगौरपूजा प्रारम्भ। वसन्त-तैलाभ्यंग (तेल घस्ने)। आँपका मुजुरा खाने दिवस। नालास्थित मत्स्येन्द्रनाथको स्नान (नालान्हवँ)। चँकयात। धुलयाँत। त्रिपुष्कर योग २१:३२ देखि २४:२२ बजेसम्म। 

राशिफल 

null

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनोरञ्जनमा सहभागी भइएला । रमणीय र सुखद् यात्राको योग छ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ । 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रमणीय र सुखद् यात्राको योग छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । लगनशीलताले कामहरू अगाडी बढ्दै जानेछन् । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मन खिन्न हुने स्थिति आउनेछ । यात्रामा मालसामान हराउन सक्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । वैदेशिक क्षेत्र कमजोर रहला । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक यात्राको योगछ । बौद्धिक कार्यमा सफलता मिल्नेछ । आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् । प्रेमीको सहयोगपनि मिल्नेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आजको दिन सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । पुनर्मिलनको योगपनि रहेको छ । 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) हर्ष र प्रसन्नताका बीच समय व्यतीत हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । प्रेमीको सहयोग पाईनेछ । शुभ कार्यमा सरिक भाईनेछ । 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला । मनमा शान्तिको अनुभूति हुनेछ । 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । पारिवारिक जीवनपनि सन्तोषप्रद रहनेछ । 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । पदीय जिम्मेवारीपनि बढ्नेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दबाब र तनाव बढेको महसुस हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । अनावस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दाम्पत्य जीवन सुखमय हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । मानो वांछित भोजनपनि पाईनेछ । 

– ज्यो.प. नारायणप्रसाद दुलाल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 8 =