जिससद्वारा कामपालाई बाह्र करोड रकम हस्तान्तरण

काठमाडौँ, फागुन २२ । काठमाडौँ जिल्ला समन्वय समितिले आव २०७३/७४ सम्मको काठमाडौँ महानगरपालिकालाई दिन बाँकी रहेको मालपोत र रजिस्ट्रेसन वापतको रु १२ करोड २१ लाख ६८ हजारको चेक हस्तान्तरण गरेको छ ।

आयोजित चेक हस्तान्तरण कार्यक्रममा जिससका प्रमुख शिवसुन्दर राजवैद्यले कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई सो चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा कामपाका प्रमुख शाक्यले काठमाडौँ उपत्यकाको विकासमा कामपाले मात्र केही गर्न नसक्ने भन्दै दिगो विकासका लागि एकीकृत विकासको अवधारणाका साथ अघि बढ्नुपर्ने धारणा राखे ।

कामपाको प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले शहरलाई वातावरणमैत्री र सुन्दर बनाउनका लागि पनि जिसस र कामपाबीच सहकार्य आवश्यक रहेको बताए । जिससका प्रमुख राजवैद्यले आफूहरुलाई पूर्णरुपमा काम गर्ने अधिकार नदिएको भन्दै गुनासो व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *