एनआई सी एशिया बैंकद्वारा ए.पी.एफ.का साग पदक विजेतालाई नगद सहयोग हस्तान्तरण
२०७६ माघ ९ गते

माघ ९, काठमाडाैं । एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सशस्त्र प्रहरीको १९औं स्थापना दिवसको उपलक्ष्यमा नेपाल ए.पी.एफ.क्लबका १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता–२०७६ मा सहभागी भई विभिन्न विधामा पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार स्वरुप नाै लाख ९५ हजार बराबरको रकम प्रदान गरेको छ ।
उक्त सहयोग स्वरुपको चेक एनआई सी एशिया बैंकका सहायक कार्यकारी प्रमुख सन्तोष कुमार राठीले ए.पी.एफ. क्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरीषक तुलसीराम दाहाललाई हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रममा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी महानिरीक्षक शैलैन्द्र खनाल प्रमुख अतिथि रहेका थिए ।
२०७६ माघ ९ गते
प्रतिक्रिया
सम्बन्धित








