ओली र मोदीबीच टेलिफोन वार्ता, यी विषयमा भए छलफल

  

चैत्र २८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग फोनवार्ता गरेका छन् । शुक्रबार प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन संवाद भएको हो ।  

टेलिफोन संवादमा कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने र लकडाउनका कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दिइएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिए ।  

त्यस्तै उनले आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्ने र भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगका लागि आफूले धन्यवाद दिएको पनि ट्वीटरमा उल्लेख गरेका छन् ।  

यता भारतीय प्रधानमन्त्री मोदीले पनि प्रधानमन्त्री ओलीसँग टेलिफोन संवाद भएको ट्वीटरमार्फत् जानकारी गराउँदै कोभिड १९ विरुद्धको साझा लडाईँमा ऐक्यबद्धता जारी भएको जनाएका छन्। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =